भारतमा एकैदिन ४ लाख बढी कोरोना संक्रमित, झण्डै ४ हजारको मृत्यु
२३ बैशाख २०७८, बिहीबार १०:३१

भारतमा कोरोना भाइरस संक्रमणको महामारीले विकराल रूप लिएर एकैदिन झण्डै ४ हजार संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९८० संक्रमितको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १२ हजार ६१८ नयाँ संक्रमित थपिएका छन् । यो हालसम्मकै सबैभन्दा बढी संक्रमित फेला परेको तथ्यांक हो ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ प्रदेशमा १ लाखभन्दा बढी, ७ प्रदेशमा ५० हजार बढी र १७ प्रदेशमा ५० हजारभन्दा कम सक्रिय संक्रमित रहेका छन् । भारतमा हरेक दिन २।४ प्रतिशतका हिसाबले कोरोना संक्रमित बढिरहेका छन् । एजेन्सी
Share on Social Media