भारतको जम्मू कश्मीरको उधमपुर जिल्लामा भारतीय सेनाको हेलिकप्टर दुर्घटना
६ आश्विन २०७८, बुधबार ०८:३०
६ असोज, काठमाडौँ,
भारतको जम्मू कश्मीरको उधमपुर जिल्लामा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ।
अधिकारीहरुका अनुसार उधमपुरको पाटनीटप नजिकैको पहाडमा भएको दुर्घटनामा सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएका थिए । उनीहरुलाई तत्काल हेलिकप्टरबाट बाहिर निकालेर अस्पताल लगिए पनि दुबै जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा शेयर गरिएका दृश्यहरुमा पहाडमा हेलिकप्टर खसेको दृश्य देखिन्छ, जहाँ स्थानीयहरु पाइलटलाई बाहिर निकाल्ने प्रयास गरिरहेका देखिन्छन्। अधिकारीका अनुसार घटना बिहान साढे दश बजेको हो।
Share on Social Media