२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

भरतपुर महानगर बाट रंगसाला निर्माणका लागि सहयाेग रकम हस्तान्तरण

प्रकाशित मिति: २ कार्तिक २०७७, आईतवार २०:१८

चितवन । भरतपुर महानगरपालिकाले धुर्मुस–सुन्तली फाउण्डेशनलाई थप १ करोड ५० लाख सहयोग गरेको छ । आईतबार महानगर प्रमुख रेणु दाहालले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेश धुर्मसलाई चेक हस्तान्तरण गरिन् ।

यसअघि असोज १३ गते महानगरले ५० लाख सहयोग दिएको थियो । यो संगै महानगरले चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउन फाउण्डेशनलार्ई २ करोड सहयोग गरेको हो । मेयर दाहालले भनिन्, कृकेट रंगशाला निर्माणका लागी भरतपुर महानगरपालिका बाट आज धुर्मुश सुन्तलि फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान।

कोरोना भाईरस(कोभिड १९ महामारीको कारणले गत २०७६ साल चैत्र ९ गते देखी स्थगित रहेको गौतम बुद्घ अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य २०७७ साल बैशाख २० गते देखी आंशिक रुपमा सञ्चालनमा रहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV