२०७८ मंसिर २१, मङ्लबार

   2021, Dec 7 Tuesday

भक्तपुरका कांग्रेस सभापति दुर्लभ थापालाई हराएर देखाउन महेशबस्नेतलाई देउवाको चुनौती

१८ भाद्र २०७८, शुक्रबार १८:१३

भाद्र १८, भक्तपुर


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी चुनावमा आफूलाई नभएर भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन महेश बस्नेतलाई चुनौती दिनुभएको छ ।
शुक्रबार भक्तपुरबाट पार्टीको वडा अधिवेशन शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले थापालाई हराएर देखाउन बस्नेतलाई चुनौती दिनुभएको हो ।
केही दिनअघि भक्तपुरका एमाले नेता बस्नेतले भक्तपुरमा शेरबहादुर देउवा चुनावमा लड्न आए आफुले सहजै जित्ने बताउनुभएको थियो ।
देउवाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरी पार्टी संगठनलाई थप सशक्त बनाइने भन्दै महाधिवेशन सफलताका लागि एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । सभापति देउवाले आगामी दिनमा कांग्रेस बलियो र सशक्त हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै भक्तपुर कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले पार्टीको अधिवेशनदेखि महाधिवेशनसम्म पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताउनुभयो । त्यस्तै उहाले आगामी चूनावमा पार्टीलाई पहिलो पार्टी बनाउन शसक्त भूमिका खल्ने धारणा राख्नुभयो ।
सभापति देउवाले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मा वडा अधिवेशनको उद्घाटन गर्नुभएको हो । वडा अधिवेशन र २१ भदौदेखि निर्वाचन हुनेगरि यसअघि नै कांग्रेले कार्यतालिका सार्वजनिक गरिसकेको छ । निर्वाचनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV