फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत गए राति भएको खेलमा नेपाल पराजित
२५ जेष्ठ २०७८, मंगलवार ०९:३८
जेठ २५ २०७८,मंगलबार
फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट खेलअन्तर्गत गए राति भएको खेलमा नेपाल पराजित भएको छ ।
कुवेतको जाबेर अल–अहमद रंगशालामा भएको खेलमा जोर्डनसँग नेपाल ०–३ गोलअन्तरले पाराजित भएको हो । पहिलो लेगको खेलमा पनि नेपालले ३–० गोलको हार व्यहोरेको भायो ।खेलमा जोर्डनका लागि बाह फैजलले दुई गोल गरे भने यजन अल–अरबले एक गोल गरे। सुरुबाटै दबाबमा रहेको नेपाली टिमका डिफेन्डर रोहित चन्दले जोर्डनका फरवार्ड मौसा मोहमद सुलेमानमाथि फल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो।खेलको २३औं मिनेटमा पेनाल्टीमा पाएको अवसरलाई पोस्टको वायाँ साइडमा प्रहार गर्दै जोर्डनका बाह फैजलले अग्रता बनाएका थिए। त्यस्तै खेलको इन्ज्युरी समयमा जोर्डनका मौसाले नै नेपालका पुजन सिवाकोटी र अनन्त तामाङलाई पछि पार्दै प्रहार गरेको बल भने पोस्टबाहिर गएको थियो। त्यसबाहेक जोर्डनका सबै प्रहार गोलकिपर किरण चेम्जोङको हात पुगेर रोकियो।दबाबमा रहेको नेपाली टिमले डिफेन्समा उत्कृष्ट प्रदर्शन गरे पनि फरवार्डमा भने सम्झनलायक मुभ बनाउन सकेन्। दोस्रो हाफमा नवयुग श्रेष्ठ र मनिष डाँगीले प्रतिस्पर्धिलाई आक्रमण गर्न खोजे पनि सफल हुन सकेनन्।जोर्डनले पुनः दोस्रो हाफको सुरुमै गोल ग¥यो। ४८औं मिनेटमा फैजलले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए । त्यस्तै, ६७औं मिनेटमा इहसन हद्दादको क्रसमा यजन अल–अरबले हेडमार्फत् गोल गरेपछि नेपालल तीन गोलले पछि परेको थियो। ०–३ गोलको जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ। उसले बाँकी खेलमा पनि जित निकाल्न सके विश्वकपको तेस्रो चरणमा स्थान बनाउन सक्नेछ।यता एसिया कप छनोटको सम्भावनाको बाटो हेरिरहेको नेपालका लागि अब एक मात्र बाटो भनेको अन्तिम खेलमा अस्ट्रेलियालाई हराउनु नै हो। जुन नेपाली टिमका लागि अत्यन्तै कठिन कार्य हुनेछ।