२०८१ माघ १, मङ्लबार

   2025, Jan 14 Tuesday

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

३ असार २०७८, बिहीबार १२:०१

३ असार २०७८ बिहिबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।
महाधिवेशनको कार्यतालिका सार्ने विषयमा निर्णय गर्न आज बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ । यसअघि गत शनिबार बसेको पार्टीका पदाधिकारीको बैठकले आसन्न महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो । यसै निर्णयलाई अनुमोदन गर्न बैठक बस्न लागेको हो । साथै अन्य विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । यसअघि भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV