२०७७ कार्तिक ५, बुधबार

   2020, Oct 21 Wednesday

प्रधानमन्त्रीले बढाए सक्रियता

प्रकाशित मिति: २६ भाद्र २०७७, शुक्रबार १०:३८

काठमाडौं, २५ भदौं–प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टीमा नयाँ र सुदृढ एकतालाई लिपिवद्ध गरी अघि बढाउनुपर्ने प्राथमिकता छदैछ । त्यसका लागि दुई अध्यक्ष ओली र प्रचण्डबीच सहमति भइसकेको छ । महासचिव बिष्णु पौडेलको ६ सदस्यीय कार्यदलले दिएको सहमतिको प्रस्ताव सचिवालयबाट अनुमोदन भइसकेको छ भने अव स्थायी समितिको बैठकबाट पनि हुँदैछ ।

सहमति सार्वजनिक भएकै छ । अव नेपाल कम्युनिष्ट पार्टीको यो सरकारले पूर्ण पाँचबर्ष सरकार चलाएर इतिहास निर्माण गर्नेछ भने नेकपा अव थप सक्रिय हुनेछ र पार्टी प्रभावकारी भएको सन्देश दिनेछ । प्रधानमन्त्री ओली सरकारमा र अध्यक्ष प्रचण्ड पार्टीमा बढी सक्रिय हुनुहुनेछ । ऐतिहासिक एकतालाई ऐतिहासिक बनाउन दुई अध्यक्षको भूमिका महत्वपूर्ण छ । तर अव नेकपाले लिएको लक्ष्यमा पार्टी र सरकारको सम्पूर्ण ध्यान केन्द्रित हुनुपर्छ ।

पार्टी र सरकारबीच समन्वय, मन्त्रिपरिषद्का सदस्यहरुको मुल्याकंन र साटफेर जस्ता बिषयमा प्रधानमन्त्री ओली लाग्नुभएकै छ । ती उपयुक्त समयमा अघि बढ्छन्नै । तर प्रधानमन्त्री देश र जनताका बारेका के सोच्नुहुन्छ रु र के गर्न खोजिरहनु भएको छ रु भन्ने बुझ्न तीन उदारण हेर्दामात्र पनि पुग्छ । पार्टी प्रतिवेदनको लेखनी र मन्त्रिपरिषद्का सदस्यहरुको कार्यसंपादनका मुल्याकंनको व्यस्त तालिकामा प्रधानमन्त्रीले कोभिड १९ महामारीले सृजना गरेका चूनौतीका बारेमा सम्वन्धित पक्षसँग गम्भीर छलफल गर्नुभयो ।

पहिलो, युरिया मलको हाहाकार भयो । कृषिमन्त्री घनश्याम भूषाल मल आपूर्तीको जिम्मा लिएका ठेकेदारले समयमै आपूर्ती नगर्दा समस्या भएको र अव त्यस्तो दोहोरिन नदिने बताइरहनुभएको छ । त्यतिमात्र होइन, मन्त्री भूषालले आपूर्ती गर्ने समय गुजारेपछि तीनको धरौटी जफत गर्नुभयो भने कालोसूचीमा समेत राख्नुभयो । यो सकारात्मक काम भयो ।

आखिर किसानले मलपाउने कुरा महत्वपूर्ण हो । त्यसैक्रममा प्रधानमन्त्री ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई फोन गरी युरिया मल पैचो उपलब्ध गराउन आग्रह गर्नुभयो । नेपालका प्रधानमन्त्रीको प्रस्तावलाई हसिनाले स्विकार गर्नुभयो । त्यो मल नेपाल आउँदैछ । ५० हजार टन उक्त मलले नेपाली कृषकलाई ढिलै भएपनि राहत दिनेछ । प्रधानमन्त्रीले आफैले पहल गरेर उच्च तहमा संवादमार्फत मल ल्याउने कोशिशगर्नु सकारात्मक हो । तर विरोधका लागि विरोध गर्नेले यसलाई समेत विवादमा पार्ने असफल प्रयास गरे । वैदेशिक सम्वन्ध र कूटनीतिवारे ज्ञान भएकाहरु समेत प्रधानमन्त्रीको यो पहलको नकरात्मक प्रचार गर्न व्यस्त रहे । त्यस्ता टिप्पणी गर्ने तिनले के कूटनीति बुझेका होलानरु

दोश्रो, कोभिड अर्थतन्त्र उकास्नेबारे परामर्श । प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रप्रति चिन्ता राखी त्यसलाई कसरी उकास्न सकिन्छ भनेर नीजिक्षेत्रका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरुसँग वालुवाटारमा संवाद गर्नुभयो । उहाँहरुका सुझाव र सल्लाह लिनुभयो । बिश्वका शक्तिशाली अर्थतन्त्रको तुलनामा नेपालको अर्थतन्त्रमा तुलनात्मक कम प्रभाव परेपनि आर्थिक क्रियाकलाप संचालनगर्न बिभिन्न उपाय अपनाउनुको विकल्प छैन ।

भारतको अर्थतन्त्र दशकैपछि सबैभन्दा बढी प्रभावित भएको छ भने अमेरिकी अर्थतन्त्रसमेत नराम्ररी प्रभावित भएको छ । चीनको अर्थतन्त्र तुलनात्मक कम प्रभावित छ भने त्यहाँ आर्थिक क्रियाकलाप सुचारु भइसकेका छन् । तर बिश्वअझै आंशिक वन्दावन्दीमा रहेका कारण अपेक्षित विकास भएको छैन । यस्तोमा नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन प्रधानमन्त्रीले पहल थाल्नुभयो । उहाँले निषेधाज्ञालाई क्रमश खुकुलो बनाउँदै आर्थिक क्रियाकलाप चलाउन सरकार तयार रहेको भन्दै त्यसकालागि नीजिक्षेत्रलाई समेत आव्हान गर्नुभयो । त्यसअनुसार, विहीवारबाट निषेधाज्ञा खुकुलो भएको छ । यद्धपी सजगता अपनाउने र सचेत रहने सबै उपाय अनिवार्य अपनाउनुपर्नेछ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले चूनौती र विरोधका वावदुजपनि अर्थतन्त्रलाई ट्रयाकबाहिर जान दिनुभएन । दलाल, बिचौलिया र पार्टीका केहीको चर्को विरोध खेपेका खतिवडाले आर्थिक अनुशासनकायम राख्दै आर्थिक विकासको आधार सृजनागर्नुभएको छ । यो सबै आउने दिनमा परिणाममा देखिनेछ ।

तेश्रो स् मनोबैज्ञानिक परामर्श । खासगरी कोभिड महामारीका बारेमा भएका अपवाह र त्यसले पारेका नकारात्क प्रभावका वारेमा मनोपरामर्श आवश्यक रहेकोबारे । प्रधानमन्त्री ओलीले मानसिक रोग बिशेषज्ञ, मनोविद र मनोबैज्ञानिकहरुलाई वालुवाटार बोलाएर महामारीबिरुद्ध लड्नका लागि कस्तो परामर्श आवश्यक छ भन्ने बारेमा जानकारी लिनुभयो । उहाँले उक्त परामर्शलाई नीतिबनाएर देशब्यापी बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन समेत दिनुभयो । नकरात्मकता, निराशा र त्यसले निर्माणगर्ने कमजोर मनोबिज्ञानले व्यक्तिको जीवन समाप्तपार्ने गरेका दृष्टान्त छन् । तीनमा बिशेष ध्यान दिनुपर्नेमा प्रमको जोड थियो ।

प्रधानमन्त्रीको एउटा जीवनसुत्र छ । त्यो हो– पहिला जीवनको रक्षा, त्यसपछि जीवनले गर्ने रक्षा । पहिला मानिस बाँच्नुपर्छ, त्यसपछि उसले आफूलाई बचाउँछ र देशलाई समेत योगदान गर्छ । यो महामारीबाट पहिला मानिस बच्नुपर्छ । त्यसपछि उद्योग, व्यवसाय जे गर्दा पनि हुन्छ । पूर्वपश्चिम रेलको निर्माणसँग जोडिएको खासगरी पूर्वी खण्डमा जग्गा वापत क्षतिपूर्तिको टुंगो नलाग्दै निर्माणको ठेक्का लगाउने कार्य गलतभएपछि प्रधानमन्त्रीले त्यसलाई रोक्नुभयो । वस्तुगत रुपमा र सच्याउनका लागि आएका तथ्य र समाचारलाई प्रधानमन्त्रीले जहिले पनि स्वागत गर्नुभएको छ । तर निहित स्वार्थबाट प्रेरित भएर र हिजो देखि निरन्तर पाउँदै आएको फाइदा गुम्यो भन्दै विरोधमा उत्रनेलाई प्रधानमन्त्रीले सुन्नुहुन्न, सुन्न आवश्यकपनि छैन ।

प्रधानमन्त्रीको ध्यान देशको विकासतिर छ । त्यसका प्राथमिकता पनि प्रष्टछन् । दृष्टिकोण छ, कार्यक्रम छन् र ती कार्यान्वयनका चरणमा पनिछन् । तरपार्टीभित्र र बाहिरबाट आएको निरन्तरको विरोध र अवरोधले ती फोकस आउट भएका हुन सक्छन् । प्रधानमन्त्रीका पछिल्ला पहलले तीनलाई फेरी प्राथमिकतामा तानेको छ । र, अव देश र जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्दछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV