२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

२९ असार २०७८, मंगलवार १२:५५

२८ असार २०७८, काठमाण्डौं

नेकपा एमालेका अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
ओलीले दिउँसो २ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले संसद विघटन रद्द गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएसँगै ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । सोमबार सर्वोच्च अदालतले संसद विघटन खारेज गर्दै ६ दिन भित्र प्रतिनिधिसभाको बैठक बोलाउन तथा मंगलबार बेलुका ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । यस आदेशसँगै ओली प्रधानमन्त्रीको पदबाट बाहिरिन लाग्नुभएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV