२०८१ मंसिर १९, बुधबार

   2024, Dec 4 Wednesday

प्रधानमन्त्री ओलीविरुद्ध विपक्षी गठबन्धनको नयाँ रणनीति

१ असार २०७८, मंगलवार ११:५७

असार १ २०७८, मंगलबार

सरकारविरुद्ध विपक्षी गठबन्धन थप बलियो भएर अगाडी बढ्ने भएको छ ।
विपक्षी गठबन्धनका नेताहरुको हिजो साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । हिजो साँझ एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा गठबन्धनका नेताहरुवीच छलफल भएको हो । नेपाल निवासमा तीन जना पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको हो । छुट्टाछुट्टै पार्टीका तीनै पूर्वप्रधानमन्त्रीहरूले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनलाई थप बलियोबनाएर अघि बढ्ने निष्र्कष निकालेको बताइएको छ । प्रदेशदेखि केन्द्रसम्मका सरकारमा गठबन्धनलाई निरन्तरता दिने समेत छलफलको निष्कर्ष छ । गठबन्धनमा फाटो ल्याउन गरिने चलखेल प्रति चनाखो रहनुपर्नेमा तीनै पूर्वप्रधानमन्त्रीहरू एकमत रहेको बताइएको छ। बैठकमा कोभिड नियन्त्रणमा सरकार चुकेको र खोप ल्याउने विषयलाई समेत सरकारले बेवास्ता गरेको उहाँहरुको ठहर छ । प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल पक्षसहितलाई समावेश गर्ने गरी भोलिका लागि स्थायी कमिटि बैठक बोलाउने तयारी गरेकै बेला विपक्षी गठबन्धले आन्तरिक छलफललाई सघन बनाएको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV