प्रदेश १ संसद्को आठौं तथा बर्खे अधिवेशन आजबाटसुरु हुँदैछ ।
२४ जेष्ठ २०७८, सोमबार १३:०१
जेठ २४ २०७८, सोमबार
आज दिउँसो दुई बजेबाट सुरु हुने यो अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुने बताइएको छ । प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ । त्यसको १५ दिन अगावै प्रि–बजेट छलफल गरिसक्नु पर्ने कानुनी प्रबन्ध छ । तर, यसपटक सरकारले प्रि–बजेट छलफल छोटो अवधिमै पाँच दिनमा सक्ने गरी अध्यादेश ल्याएउन लागेको हो । प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ मा उल्लेखित १५ दिन अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने व्यवस्थालाई संसोधन गरी पाँच दिनमा सिमित गरिएको छ। जसका कारण प्रि–बजेटमाथिको छलफलको समय छोट्याइएको हो । अघिल्लो वर्ष पनि प्रमुख प्रतिपक्ष कांग्रेसको विरोधका बाबजुत तत्कालिन सत्तापक्ष नेकपाले आर्थिक ऐनमा प्रि–बजेटमाथिको छलफल दुई महिना अघि उल्लेख भएकोमा संसोधन गदै १५ दिन अघिको समय सिमा कायम गरिएको थियो । यता, कर्णाली प्रदेशसभाको बजेट अधिवेशन पनि आजै सुरु हुँदै छ । आज दिउँसो २ बजेदेखि बजेट अधिवेशन सुरु हुन लागेको हो।बजेट ल्याउनु पर्ने समय एक हप्ता मात्रै बाँकी रहदा आजकालागि अधिवेशन डाकिएको हो । बैठकको सुरुमै बजेट अधिवेशन आह्वान सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र र मन्त्रिमण्डलको कार्यविभाजको जानकारी गराइने छ। प्रदेश सभाका सचिव जीवराज बुढाथोकीका अनुसार दलका प्रमुख नेताहरूले धारणा राखेपछि बैठकसकिने छ ।