२०८१ मंसिर २०, बिहिबार

   2024, Dec 5 Thursday

पौडेल पक्षले महाधिवेशनमा सभापतिको साझा उम्मेदवार निर्णया

१७ भाद्र २०७८, बिहीबार १८:५०

भाद्र १७, काठमाण्डौं


नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने जनाएको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन गर्दै पौडेल समूहले एक जना मात्रै सभापतिको उम्मेदवार बनाउने जनाएको हो ।
पत्रकार सम्मेलनमा बरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट सभापतिमा एक जनाले संस्थागत उम्मेद्वारी दिने र आफ्नो समूहको एकता अधिवेशनको अन्तिमसम्म कायम रहने बताउनुभयो ।
उहाले महाधिवेशनमा आफ्नो पक्षका नेताहरुले दिइने उम्मेवारीका अन्य पदका बारेमा छलफल जारी रहेको जिकिर गर्नुभयो ।
नेपाली समाजलाई लोकतान्त्रिकरण गर्न आवश्यक रहेको भन्दै जनताको भरोसाको पार्टी बनाउनुपर्ने आवश्यकता रहेको उहाले बताउनुभयो । पत्रकार सम्मेलनमा बरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यहरुको विवाद कायमै हुँदा निष्ठावान कार्यकर्ताहरु पीडित भएको भन्दै यसलाई बिधिसम्वत समाधान गर्नुपर्ने धारणा पनि राख्नुभयो । त्यस्तै उहाले पार्टीभित्र सुधारको खाँचो रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा सभापतिका आकांक्षी पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सहभागी हुनुहुन्थ्यो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV