२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

पुनःस्थापित सङ्घीय संसद् प्रतिनिधिसभाको आठौँ अधिवेशन आइतबारदेखि सुरु

३ श्रावण २०७८, आईतवार १९:२९

३ साउन २०७८, काठमाण्डौं


सर्वोच्च अदालतको आदेशानुसार पुनःस्थापित सङ्घीय संसद् प्रतिनिधिसभाको आठौँ अधिवेशन आइतबारदेखि सुरु भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नी सापकोटले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बढेर सुनाउनुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन प्रारम्भ भएकामा सबै सांसदलाई स्वागत गर्दै अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । सापकोटाले अहिलेको संविधानमा परम्परागत अभ्यासभन्दा प्रतिनिधिसभाको बारेमा विशिष्ट व्यवस्था रहेको बताउनुभयो । त्यस्तै उहाले विगतको तुलनामा संसदलाई अपेक्षाकृतभन्दा बढी स्वतन्त्र र राजनीतिक समस्याहरुको निकास दिने आधिकारिक थलोको रुपमा संविधानमा स्थापित गरिएको कुरा पुनः प्रमाणित भएको जिकिर गर्नुभयो ।शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि असफल भएको भन्दै उहाले प्रतिनिधिसभाको गरिमालाई अवमूल्यन गर्ने प्रयासमा लगाम लागेको जिकिर गर्नुभयो ।
बैठकमा सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीअनुसार सभाको अध्यक्षता गर्ने सदस्य मनोनयनसम्वन्धी राख्नु भएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ । त्यस्तै बैठकमा बिभिन्न अध्यादेशहरु पनि पेश गरिएको छ भने बिभिन्न मितिमा दिवंगत पूर्वसांसदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणा समेत गरिएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV