नेपाल राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने
२२ असार २०७८, मंगलवार १५:३५
२२ असार २०७८, काठमाण्डौं
नेपाल राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज पाँचवर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘ङ’ बिक्री गर्न लागिएको हो ।
ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेसम्म आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकका अनुसार निष्कासन मिति भोलि तोकिएको ऋणपत्रको सावाँ भुक्तानी अवधि २०८३ असार २३ गते तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिनसमेत पाइनेछ । राष्ट्र बैंकका अनुसार खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र आर्जित व्याजदरमामा व्याजकरसमेत लाग्नेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । बिक्री गरिने कुल ऋणपत्रमध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ । राष्ट्र बैंकका अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिनेछ ।