२०७७ माघ १०, शनिबार

   2021, Jan 23 Saturday

नेपाल बिज्ञापन संघमा गोरखाका धिताल

प्रकाशित मिति: २६ पुष २०७७, आईतवार १५:४९

नेपाल विज्ञापन संघ (आन)को २१ औं साधारण सभाले सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वका लागि नयाँ कार्यसमिति पनि चयन गरेको हो ।

संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बनेका छन् । साधारणसभाले उनलाई निर्विरोध अध्यक्षको घोषणा गरेको हो । महासंघको महासचिवमा फ्युचर हव मिडिया मल्टिप्रपोजका संचालक कृष्णप्रसाद घिमिरे निर्वाचित भएका छन् । घिमिरे यस अघि सचिव रहेका थिए । त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ निर्वाचित भएका छन् । अर्को कार्यकालका लागि श्रेष्ठ अध्यक्ष हुनेछन ।

द्धितिय उपाध्यक्षमा पिताम्बर पोखरेल विजयी भएका छन् । प्रथम उपाध्यक्षमा सुदिप थापा निर्बिरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षका उम्मेदवार पंकज लाल प्रधान पनि निर्बिरोध निर्वाचित भएका हुन् । साधारण सभाले जीवन पोखरेललाई पनि सह कोषाध्यक्षमा निर्बिरोध निर्वाचित गरेको थियो ।

त्यस्तै सदस्यहरुमा अरुण काजी स्थापित, कृष्णमुरारी लामिछाने, दिनेश पोखरेल, बिधान राजभन्डारी, बिशाल पुरुष ढकाल र साजन श्रेष्ठ निर्वाचित भएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV