नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ
२४ जेष्ठ २०७८, सोमबार १२:५३
जेठ २४ २०७८, सोमबार
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।
आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले हवाई इन्धनको मूल्य घटाएको हो। घटेको मूल्य अनुसार अब नेपालमा अन्तराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७ सय १५ डलर कायम गरिएको छ। यसअघि अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ डलर रहेको थियो।पछिल्लो समय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन मन्त्रालय लगायतका सम्बन्धित निकायसँगको छलफलपछि निगमले मूल्य घटाउने निर्णय गरेको थियो । हवाई इन्धनको मूल्य बढी हुँदा नेपाली वायुसेवा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय कम्पनीसँग प्रतिस्पर्धि बनाउन कठिन भइरहेको सरोकारवालाको गुनासो पछि इन्धन मूल्य घटाइएको निगमले जनाएको छ । यसअघि निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा ४० प्रतिशत नाफा खाएर विक्री वितरण गर्दै आएको थियो।