२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

नेपालको ऐतिहासिक सम्पदाको संरक्षणमा गम्भिर हुन पुरातत्व बिभागको ध्यानाकर्षण

२० श्रावण २०७८, बुधबार १९:३०


२० साउन २०७८, काठमाण्डौं


डोल्पाको गुम्वाहरुबाट भइरहेको मूर्ति चोरीको निराकरण र सार्वजनिक गुम्वाहरुको संरक्षण सम्बन्धनका लागि पुरातत्व बिभागको ध्यानाकर्षण गराइएको छ ।
डोल्पाको याङजेर गुम्वाबाट २८ थान मूर्ति चोरी भइ फेला परेको १४ बर्ष पुरा भएको अवसरमा पुरातत्व बिभागमा बधबार आयोजित कार्यक्रममा सरकोकारवालाहरुले नेपालको ऐतिहासिक सम्पदाको संरक्षणमा गम्भिर हुन ध्यानाकर्षण गराएका हुन् ।
कार्यक्रममा सरोकारवालाहरुले मूर्ति तस्करमाथि आवश्यक छानविन गरि दोषाीलाई कारवाही गर्नुपर्ने, उपल्लो डोल्पाको साविकका सल्दाङ, धो–फोक्सन्डो, भिजेर तिन्जे, छार्का र मुकोटमाा स्थायी चौकीको व्यवस्था गर्नुपर्ने माग राखेका थिए । माथिल्लो डोल्पामा शैक्षिक, स्वास्थ्य तथा यातायात लगाएतका बिभिन्न बिकासका पूर्वाधारहरुमा पछाडी पारिएकाले धेरै अपराधिक क्रियाकलाप बढ्न थालेको डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचेले बताउनुभयो । मुर्ति चोर्नका लागि अत्याधुनिक हतियार सहित आउने गरेकाले पहिलो प्राथमिकता सुरक्षा नै भएको उहाको भनाई छ ।
कार्यक्रमा बिभागका प्रमुख पुरातत्व अधिकृति राम बहादुर कुँवरले डोल्पामा मुर्तिहरुको सूचिकरण गर्दा सहजीकरण गर्न आग्रह गर्नुभयो । चोरी भएका मूर्तिहरुको फोटा नहुदा पनि खोजतलासमा समस्या हुने गरेको उहाले बताउनुभयो । उहाले हिमालीभेगको मुर्तिहरुको सूचिकरण कार्य आगामी बर्षबाट सुरु हुने जानकारी दिनुभयो ।
डोल्पामा सन २००५ मा याङजेर गुम्वाबाट २८ थान मूर्ति चोरी भएको थियो । त्यसपछि पटक पटक मूर्ति चोरी हुने क्रम जारी रहेको डोल्पावासीको गुनासो छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV