२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

नेकपा माओवादी केन्द्रले पार्टीको बिधान पारित

२९ भाद्र २०७८, मंगलवार २०:२४

भाद्र २८,काठमाण्डौं


नेकपा माओवादी केन्द्रले पार्टीको बिधान पारित गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको बिधान पारित गर्दै केन्द्रीय कमिटी वा राष्ट्रिय सम्मेलनबाट अनुमोदन गराउने निर्णय गरेको छ । त्यस्तै बैठकले नेता विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आयोगलाई आफ्नो नियमावली र निर्देशिका बनाउन जिम्म दिएको महराले बताउनुभयो । त्यस्तै बैठकले माओवादीसँगको एकताका क्रममा आएका विभिन्न तहका नेता कार्यकर्ताको समायोजन र उचित जिम्मेवारी प्रदान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको प्रवक्ता महराले बताउनुभयो ।
माओवादीले पार्टीका केन्द्रीय आयोगहरुलाई २५ सदस्यीय तथा विभागहरु ३५ हुने व्यवस्था पनि निर्धारण गरेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV