२०८२ जेष्ठ ७, मङ्लबार

   2025, May 20 Tuesday

नेकपा एमाले उद्योग ब्यबसायी पर्यटन इलाका कमिटीको अध्यक्षमा जिवन थापा मगर निर्वाचित

२२ आश्विन २०७८, शुक्रबार २२:४५

असोज २२, काठमाण्डौं

एमालेको विधान महाधिवेश पछि पहिलो पटक पर्यटन ईलाका पाँचौं अधिवेशन शुत्रबार काठमाण्डौं को पकनाजोल को गोर्कण हाउसमा समपन्न भएको छ ।
एमाले उद्योग ब्यबसायी पर्यटन इलाका कमिटीको अध्यक्षमा जिवन थापा मगर, उपाध्यक्षमा ईन्द्रबहादुर भट्ट, सचिवमा बिष्णु पाण्डे, उप सचिबमा धुर्ब धरेल र हेम कार्की लगायत कार्य समिती समिती सदस्यहरुमा प्रकाश लामिछाने, बिदुर खतिवड, पुरषोतम रिमाल, टंकप्रसाद दुवाडी, राममणी रिजाल, बिष्णु लम्साल, शर्मिला अधिकारी, सापकोटा, जिबन थपलिया, किसान गुरुङ, ज्याङ च्याङ भोटे, फुर्बा शेर्पा, भुबन बहादुर पाण्डे, समिता बराल, पिताम्बर गुरुङ, नबराज श्रेष्ठ, भागबत सिम्खडा, नारायण खनाल, छिरिङ्ग शेर्पा लागाएत सम्पूर्ण कमिटी निर्वाचित भएको पर्यटन इलाका कमिटीका सचिव बिष्णु पाण्डे ले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमालेको स्थाई कमिटि सदस्य एवं लुम्बिनि प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल तथा बिशिष्ट अतिथिमा उधोग ब्यबसायी बिशेष जिल्ला कमिटिको अध्यक्ष चन्द्र रिजाल को उपस्थीति रहेको थियो । उक्त कमिटी
ले नेपालको पर्यटन क्षेत्रमा रहेको समस्य समाधानको निम्ती सम्पुर्ण कमिटी सदस्यलाई निर्देशन दिएको सचिव पाण्डेले बताउनु भयो । सथै उद्योग र पर्यटन विकासमा एकतावद्ध भएर लाग्ने प्रण गरेका उहाँको भनाई छ । सबै गाउँपालिका तथा नगरपालिकाहरू सँग सहकार्य गरी उद्योग तथा पर्यटन प्रवधन गर्ने लक्ष्य रहेको पाण्डेको भनाई छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV