२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दै

प्रकाशित मिति: २६ असार २०७८, शनिबार ०८:५०

२६ असार २०७८, काठमाण्डौं

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ ।
हिजो साँझ बसेको कार्यदलको बैठकमा जुटेको सहमति माथि भाषागत विषय मिलाई सहमतिको अन्तिम रुप तयार गर्दै सार्वजनिक गर्न आजको बैठक बस्न लागेको हो ।
हिजो साँझ भएको यस सहमतिको खाकाले निकै लामो रस्साकस्सीपछि अन्ततः एमालेभित्रको संकट टार्न वातावरण बनेको छ । हिजोको सहमतिमा एकता कार्यदलले एमालेको एकता जोगाउने बटमलाइन भनिएको पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने विषयमा सहमति जुटाएको हो । पहिले सक्रिय भएर डेढ महिना अघि बिथोलिएको र यही साता पुनः सक्रिय बनाइएको कार्यदलले हिजो करिब ८ घण्टा लामो बैठकपछि यो सहमति जुटाएको नेताहरुले जानकारी दिनुभएको छ । सिंहदरबारमा आठ घण्टा चलेको बैठकपछि बाहिरिनुभएका नेताहरुले सहमति जुटेको र त्यसमा केही भाषागत विषय मिलाउनुपर्ने भएकाले सहमतिलाई आज अन्तिम रुप दिएर सार्वजनिक गरिने बताउनुभयो । बैठकपछि कार्यदलका सदस्य एवं एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेको, सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन र केही भाषिक परिमार्जन लगायतका लागि फेरि केहीबेर बस्नुपर्ने भएको जानकारी दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV