२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

नेकपा एमालेका वरिष्ठ नेता नेपाल समूहको केन्द्रीय कमिटीको बैठक बस्दै

२१ श्रावण २०७८, बिहीबार १०:१०


२१ साउन २०७८


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।
बैठक आज विहान ११ बजे बस्न लागेको हो । यसअघि बैठक हिजोकालागि बोलाइएको थियो तर आवश्यक तयारी नपुगेको भन्दै एक दिनकालागि स्थगित गरिएको थियो । आजको बैठकले एमालेको आन्तरिक एकता, समसामयीक राजनीतिक घटनाक्रम र आगामी रणनीति तय गर्ने बताइएको छ । नेकपा एमालेभित्र लामो समयदेखि संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच विवाद रहँदै आएको छ । उक्त विवादलाई समाधान गर्न औपचारिक÷अनौपचारिक छलफल हुँदै आएको छ । यता, नेपाल पक्षले बोलाएको समूहगत बैठकको नेकपा एमाले केन्द्रीय कार्यालयले विरोध गरेको छ । हिजो नै प्रेस वक्तव्य जारी गर्दै एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको जनाएको छ । एमालेभित्र लामो समयदेखि जारी विवाद अझै समाधान हुन सकेको छैन। नेता नेपालले सम्मानजनक एकता हुनुपर्ने बताउँदै आएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV