२०७८ बैशाख ३१, शुक्रबार

   2021, May 14 Friday

निशेधाज्ञामा आजदेखि थप कडाइ

प्रकाशित मिति: १९ बैशाख २०७८, आईतवार २०:१२

काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रशासनले लगाएको निशेधाज्ञामा आजदेखि थप कडाइ गरिेको छ । सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्दै प्रशासनले थप कडाइ गर्ने जनाएको छ । काठमाडौका ट्राफिक प्रहरि माहाशाखका प्रमुख जनक भट्राईले अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएकाले नियन्त्रणका लागि थप कडाइ गर्ने बताउनुभयो । बैशाख १९ गते बिहान तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर थप निर्णय भए पछि जिल्ला प्रशासन कार्यलयले थप कडाई गर्ने आदेश दिएको उहाँले बताउनुभयो । काठमाण्डौका विभिन्न स्थानमा ६२ वटा चेक पोष्ट राखेर जिल्ला प्रशासन कार्यलयले जारि गरेको नियम अनुसार चेक जाचँ गरिएको वरिष्ठ प्रहरि उपरिक्षक जनक भट्राईले जानकारि दिनुभयो । साथै उहाँले अत्यावश्य बाहेकका काममा घर बाहिर ननिस्कन पनि अनुरोध गर्नु भयो । यस्तै समाचार संकलन गर्ने सञ्चारकर्मीहरुलाई पनि सूचना विभाग र प्रेस रजिष्टारको कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा मात्र हिडडुल गर्न दिइने भएको छ । यस्तै बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरुलाई पनि एक चौथाइ कर्मचारीमार्फत सेवा प्रवाह गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमणको दर बढेपछि चेन ब्रेक गर्न भन्दै उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि एकसातासम्म निषेधाज्ञा लगाएको छ । मन्त्रिपरिषद् बैठकले थप एकसाता निषेधाज्ञा लगाउने यसअघि नै निर्णय गरिसकेको छ

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV