२०७७ कार्तिक १०, सोमवार

   2020, Oct 26 Monday

निमाले बनाइन् इतिहास, नेपाललाई ३०औं स्वर्ण

प्रकाशित मिति: १९ मंसिर २०७६, बिहीबार १२:२१

तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा उसुको नानछ्वान अलराउण्डबाट नेपालकी निमा घर्तिमगरले स्वर्ण जितेकी छन् । पहिलो र दोस्रो राउण्ड गरी १८ दशमलव ९१ अंक प्राप्त गर्दै निमाले स्वर्ण जितेकी हुन् । पहिलो राउण्डमा ९ दशमलव १३ र दोस्रो राउण्डमा ९ दशमलव ६० अंक ल्याइन् । बांग्लादेशकी मोरजिना अख्तरले रजत र श्रीलंकाकी सञ्जु कुमारीले काँस्य पदक जितिन् । निमाले लगातार दोस्रो पटक स्वर्ण जितेकी हुन् । १२औं सागमा पनि उनले स्वर्ण जितेकी थिइन् । नेपालका लागि भने यो ३०औं स्वर्ण हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV