२०७७ कार्तिक ५, बुधबार

   2020, Oct 21 Wednesday

नारायण पोखरेल प्रतिष्ठानको १३ औ अधिबेसन तथा साधारण सभा सम्पन्न

प्रकाशित मिति: १ कार्तिक २०७७, शनिबार २२:३०

काठमाडौं । नारायण पोखरेल प्रतिष्ठानको १३ औ साधारण सभा सम्पन्न भएको छ । कार्तिक १ गते सनिबार भर्रचुअल माध्याम बाट सम्पन्न कार्यक्रममा देश भरीबाट सयौ आजिबन सदस्य हरुको सहभागिता रहेको थियो । नयाँ कार्यसमिती निर्माण सहीत गरीएको उक्त कार्यक्रममा संस्थाका बरीष्ठ उपाध्यक्ष निर्माण ब्यबसायि जयराम लामिछानेले स्वागत मनतब्य ब्यक्त गदै गर्दा देश भरीबाट सयौको संख्यामा सहभागी सदस्य हरुले उत्साह पुर्वक सहभागीता जनाइ रहेका देखिन्थ्यो । नयाँ प्रबिधिको प्रयोग संगै गरीएको चुनाबि सभामा दाङ्ग बाट यज्ञ प्रसाद वली कञ्चनपुरबाट बिश्वनाथ बिष्ट सर्लाहि बाट राम दरेश यादब , मातृशक्ति केन्द्र बाट भगवती खड्का , यूवा शक्तिकेन्द्र बाट हरी प्रसाद खनाल , उध्योग बाणिज्य महासंघ बाट राम शरण थपलीया लगायत ले शुभकामना ब्यक्त गर्नुभएको थियो । संस्थाका कोषध्यक्ष बद्री पाेखरेलले करीब पाचँकरोड बराबरको आर्थिक प्रतिबेदन पेश गरेका थिए । सोहि क्रममा महासचिब डा. बिष्णु खनालले सांगाठनिक प्रतिबेदन सहीत संस्थको भाबि निती तथा कार्यक्रम पेस गदै संस्थालाई बलीयो बनाउन र सामाजिक कार्यमा थप अगाडि बढाउन बिभिन्न निती तथा कार्यक्रम पेस गदै बाचन प्रबिण पं दीनबन्धु पोखरेलको अध्यक्षतामा ३४ सदस्य कार्यसमिती को सर्बसम्मती बाट निर्बाचन गदै सभा सम्पन्न भएको थियो । सस्थाका सचिव बिनोद बाबु ढकालले कार्यक्रम संचालन गरेका थिए । १४ बर्ष अधि प्रथम धार्मिक सहिद बाचनशिरोमणि स्व. पं.नारायण प्रसाद पोखरेलको नाममा उहाँको ब्याक्तित्व र र्कितित्व संरक्षण गर्ने उद्धेश्य सहीत स्थापना गरीएको . प्रतिष्ठानले हाल नागार्जुन नगरपालीका रामकोटमा बृहद् नारायण आध्यात्मिक केन्द्र सहीत बद्री नारायण धाम स्थापना गदैछ । २२ रोपनी जमिनमा फैलिएको उक्त आध्यात्मिक केन्द्रको संरक्षण वाचन प्रबिण पं दिनबन्धु पोखरेलले गदैछन् । प्रतिष्ठानको १३ औ साधारण सभामा सम्बोधन गदै संस्थाका संरक्षक तथा अध्यक्ष पं पोखरेल ले बाचन शिराेमणिकाे योगदानको चर्चा गदै छुवाछुत र जातीय विबेध को बिरुद्धमा गरेको योगदानको स्मरण गदै नब निर्वाचित सदस्यहरुलाइ सपथ ग्रहण गराउदै कार्यक्रा समापन गर्नुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV