२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै माइतीघरमा धर्ना

२० श्रावण २०७८, बुधबार १९:३८


२० साउन २०७८, काठमाण्डौं


नागरिकता विधेयक चाँडो पारित गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिइएको छ ।
‘नागरिकताविहीन नेपालीहरु’ समूहले बुधबार माइतीघर मण्डलामा दबाबमूलक धर्ना दिइएका हुन् । नेपालको संविधान २०७२ को भाग २ धारा ११ को उपधारा ३ र ५ कार्यान्ययन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संसोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।
प्रर्दशनमा सहभागीहरुले आफुहरुले नागरिकता नपाएको भन्दै युवाहरुले विगतको दिनमा नागरिकता नपाएर गुमाएका सेवा सुविधाको क्षतिपुर्ती पाउनुपर्ने समेत सरकारसँग माग गरेका थिए । संविधानबमोजिम जन्मसिद्ध नागरिकका सन्तान र आमाको नामबाट नागरीकता नपाउँदा आफुहरू राज्यबिहीन हुन पुगेकाले विरोध गर्नुपरेको प्रर्दशनकारीको भनाई छ ।
नेपालमा जन्मसिद्ध सन्तानको आधारमा नागरिकता नपाउनेको संख्या ६ लाख र आमाको नामबाट नागरिकता नपाउने ५ लाख ८० हजार रहेको प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV