‘मिस्टर नेपाल २०१९’ को विजेता सन्तोष उपाध्याय
११ पुष २०७६, शुक्रबार १३:१२

‘मिस्टर नेपाल २०१९’ को विजेता सन्तोष उपाध्याय
मिस्टर नेपाल प्रतियोगिता २००१ देखि आयोजना हुँदै आएको प्रतियोगिता हो । बिहीबार राति होटल अन्नपूर्णमा सम्पन्न ‘मिस्टर नेपाल २०१९’ को विजेता सन्तोष उपाध्याय बनेका छन् । प्रतियोगितको ग्रान्ड फिनालेमा सन्तोषले २१ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जितेका हुन् । सन्तोष अछामको ओली गाउँमा स्वस्थ्य पेसामा कार्यरत छन् । प्रतिस्पर्धामा फस्ट रनरअप दिलराज न्यौपान्य बनेका हुन् भने सेकेन्ड रनरअप विमल पाण्डे चुनिदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए । शीर्ष विजेताले ‘मिस्टर वल्र्ड’ लगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छन् । विजेता सन्तोषले मोस्ट ट्यालेन्ट र मोस्ट फोटो जेनिकको उपाधिसमेत जितेका हुन् । उनले शीर्ष उपाधिसँगै मोटरबाइक, नगद २५ हजार समेत प्राप्त गरेका छन् ।