२०७८ मंसिर २१, मङ्लबार

   2021, Dec 7 Tuesday

देउवा सत्ता समिकरणसहित आसन्न मन्त्रिमण्डलको तयारीमा

२९ असार २०७८, मंगलवार ०९:३८

२८ असार २०७८, काठमाण्डौं

सर्वोच्च अदालतले आफूलाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सत्ता समिकरणसहित आसन्न मन्त्रिमण्डलको तयारी सुरु गर्नुभएको छ ।
परमादेश भएपछि हिजो बसेको गठबन्धनका दलको बैठमै पनि मन्त्रिमण्डलबारे सामान्य छलफल भएको थियो । त्यसपछि कांग्रेस सभापति देउवाले आफ्नो निवास बुढानिलकण्ठमा आफू सन्निकटहरुसँग आफ्नो नेतृत्वको सरकारको संरचना र दलका तर्फबाट कस–कसलाई मन्त्रिमण्डलमा सहभागी गराउने भन्नेबारे छलफल गर्नुभएको छ । यसबारे कांग्रेसले आन्तरिक छलफलसमेत गर्दैछ । सभापति देउवाले मन्त्रिमण्डलको आकार तय हुनेवित्तिकै सो अनुपातमा कांग्रेसले पाउने हिस्सामा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलासँग पनि मन्त्रिमण्डलमा सहभागी गरिने नामहरुका विषयमा छलफल गर्नुहुनेछ । अहिले बढीमा ५ देखि ७ जनासम्मको मन्त्रिमण्डल बनाउने तयारी देउवाको छ । जसमा तीन जना मन्त्री कांग्रेसबाट छनोट गर्ने तयारी छ । देउवा प्रधानमन्त्री चयन हुने भएपछि उता, पौडेल र सिटौला समूहमा पनि मन्त्रिमण्डलमा सहभागी हुने कांग्रेस सांसदहरुको नामबारे सामान्य चर्चा सुरु भएको छ । सभापति देउवाले नाम माग्ने अपेक्षासहित वरिष्ठ नेता पौडेलले पनि यसबारे गृहकार्य गरिरहेका छन् । पहिलो चरणको मन्त्रिमण्डलमा कांग्रेसबाट बालकृष्ण खाँड, मिनेन्द्र रिजाल, गगन थापा जस्ता अनुहारहरु समाविष्ट हुनसक्ने सम्भावना रहेको छ । तर, कांग्रेसमा सभापति बढि क्रियाशिल र सर्वेसवा हुनेहुँदा यसबारे यस्तै निर्णय हुन्छ भनी एकिन गर्ने अवस्था छैन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV