२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

दशरथ रंगशालामा सिट जडानको कार्य सुरु

प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहीबार १५:४०

आसन्न १३ औंँ दक्षिण एसियाली खेलकुद सागको उद्घाटन स्थलको रुपमा रहेको त्रिपुरेश्वरको दशरथ रंगशालामा सिट जडानको काम सुरु भएको छ । रोल,,,,
मंसिर १५ देखि २४ सम्म काठमाण्डौ उपत्यकाका साथै पोखरा र जनकपुरमा आयोजना हुने सागका लागि राष्ट्रिय खेलकुद परिषद्ले तयारी तीव्र पारेको हो ।
प्रतियोगिता उद्घाटन स्थलको रुपमा रहेको दशरथ रंगशालाको साधारण तर्फको प्यारपिटमा सिट जडान सुरु गरिएको छ । साधारणतर्फ जडान गर्नका लागि कम्तिमा १ हप्ताभन्दा बढी समय लाग्ने जनाइएको छ । साधारणतर्फ १५ हजार सिट राखिने छ । साधारण तर्फको प्यारापिटमा सिट जडान सकिए पनि भीआईपीतर्फको प्यारापिट भने विश्वकप छनोट अघि तयार हुने सम्भावना भने निकै कम रहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV