२०७८ मंसिर २१, मङ्लबार

   2021, Dec 7 Tuesday

तार्केश्वरबाट चोरीको मोटरसाईकल सहित एक जना प्रकाऊ

२५ कार्तिक २०७८, बिहीबार १७:३१

२५ कात्तिक, काठमाडौं ।


काठमाण्डौंको तार्केश्वरबाट चोरीको मोटरसाईकल सहित एक जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर नगरपालिका – ४, पुरानो गुहेश्वरीबाट कालो रंङको २०० सी।सी।को एन।एस पल्सर मोटरसाईकलको बास्तविक नम्वर परिवर्तन गरि बा। प्र। ०२(०१८ प ४३०१ नम्वर हालेर चलाइरहेको अबस्थामा किर्तिपुर नगरपालिका वडा नं। २ चाँदनीचोक बस्ने वर्ष २८ को बुद्ध बहादुर तामाङ्गलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।
उक्त मोटरसाईकलको वास्तविक नम्बर प्र।३(०२(०१० प ६९०३ रहेको खुल्न आएको पनि उहाँले बताउनुभयो ।
पक्राउ भएको मोटरसाइकल २०७७ सालको फाल्गुन महिनामा नरेफाँटबाट हराएको भनी काठमाण्डौं (३२, कोटेश्वर बस्ने अनिमेष श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।
पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त बानेश्वरमा पठाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV