डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढायो
२३ जेष्ठ २०७८, आईतवार ११:५८

२३ जेष्ठ २०७८, आईतवार
नेपाल आयल निगमले फेरि डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य बढाएको छ ।
निगमले डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो । बढेको मूल्य राति १२ बजेदेखि लागू भएको छ । इन्डियन आयल कर्पोरेशन (आईओएस)ले १ जुनमा पठाएको नयाँ मूल्य बढेर आएकाले निगमले स्थानीय बजारमा मूल्य बढाएको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १२५, डिजेल र मटीतेल १०८ र हवाई इन्धन आन्तरिक ८० रुपैयाँ पुगेको छ । यता, खाना पकाउने एलपीजी ग्यासको मूल्य भने बढाइएको छैन । मूल्य बढाउँदा पनि निगमलाई अझै१५ दिनमा ५९ करोड २२ लाख घाटा रहेको निगमको भनाई छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै इन्धनको मूल्य बढ्दै गएकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ। निगमले स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य सामायोजन गर्दै आएको छ।
