२०७८ साउन २१, बिहिबार

   2021, Aug 5 Thursday

जसपा को संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित

प्रकाशित मिति: ५ श्रावण २०७८, मंगलवार १९:०९

५ साउन २०७८, काठमाण्डौं

जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको जसपा संसदीय दलको बैठकले संसदीय दलको विधान २०७८ को विधान पारित निर्णय गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । बैठकमा विधान मस्यौदा प्रस्तुत भई छलफल भएको र आएका सुझावहरु समेतलाई समावेश गरी संघीय संसदीय दलको विधान २०७८ पारित गर्ने निर्णय गरेको उहाले बताउनुभयो । यादवले संसदीय दलको बैठकबाट पारित विधानलाई अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय भएको जानकारी दिनुभयो । संसदीय दलको नेता चयनका बिषयमा केहिदिनभित्रै बैठक बस्ने उहाले बताउनुभयो ।
संसदीय दलका जेष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकमा २२ जना सांसद उपस्थित थिए । ३२ सांसद रहेको जसपा दुई समूहमा विभाजित छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV