२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित

६ असार २०७८, आईतवार ०८:१९

६ असार २०७८ आइतबार, काठमाण्डौं

युरोकपमा आज दुई खेल हुँदै छन् । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज दुई खेलहरु हुनलागेका हुन् ।
युरोकपको समूह चरण अन्तर्गत आज समूह ’ए’ को दुई खेल हुनेछ । जसमा इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ । रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ । इटालीले २ खेलमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विजरल्याण्डलाई ३–० गोल अन्तरले नै हराएको थियो । वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । यसै समूहको अर्को खेलमा स्वीजरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९ः४५ बजे सुरु हुनेछ । आज स्वीजरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ । यस्तै जित निकाल्दै स्वीजरल्याण्ड नकआउट चरणको ढोका खेल्न चाहन्छ । स्वीजरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीजरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन । पहिलो खेलमा खेलमा इटालीसँग पराजित टर्की दोसो खेलमा वेल्ससँग पराजित भएको थियो ।
यसैगरि, गएराति भएको खेलमा स्पेन बराबरीमा रोकिएको छ । स्पेनले पोल्याण्डसँग १–१ गोलको बराबरी खेलेको हो । यता, फ्रान्सले पनि हंगेरीसँग १–१ को बराबरी खेलेको छ भने जर्मनीले साविक विजेता पोर्चुगलमाथि सानदार जित निकालेको छ । म्युनिखमा गए राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले पराजित गरि सानदार जित निकालेको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV