जबराले राजीनामा नदिएसम्म आन्दोलनलाई शसक्त पार्ने चण्डेश्वर श्रेष्ठको भनाई
२३ कार्तिक २०७८, मंगलवार १३:५३
२३ कात्तिक, काठमाडौं ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आन्दोलनलाई शसक्त पार्ने बताउनुभएको छ ।
मंगलबार बार परिसरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानन्याधिशबाट न्याय पाउने सम्भावना नरहेकाले राजीनामा आउनुपर्ने भन्दै आन्दोलनलाई शसक्त पार्ने बताउनुभएको हो ।
उहाले न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी रहेको धारणा राख्नुभयो । न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशलाई हटाउने आन्दोलनमा साथ दिन सेवाग्राहीलाई पनि उहाले आग्रह गर्नुभयो । श्रेष्ठले राजनीतिक दलहरु एकैठाउमा रहेर न्यायपालीका भित्रको बेतिथीलाई रोक्नुपर्ने उल्लेख गर्नुभयो । उहाले न्यायधिश र बारको विश्वास नलिई नै पेशि तोक्ने काम गरेको आरोप लगाउनुभयो ।
त्यस्तै संविधानविद् चन्द्रकान्त ज्ञवालीले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने स्पष्ट पार्नुभयो । उहाले अवको आन्दोलन सर्वोच्च अदालतको ढोकाबाट छिर्नबाट पनि बञ्चित गर्नेगरी गर्ने चेतावनी दिनुभयो । उहाले न्यायालयमा देखिएको समस्यामा राजनीतिक दलहरू हेरर बसेको र समस्या समाधानमा चासो नदिएको आरोप लगाउनुभयो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै एशोसिएसनले आन्दोलनलाई जारी राखेको हो । कालो पट्टी र कालो ब्यानरमा कानून व्यवसायीहरुले नेपाल बार भवनमा विरोध प्रदर्शन गरेका हुन् ।