२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु

२१ श्रावण २०७८, बिहीबार १०:३९


२१ साउन २०७८ काठमाण्डौं


बंगलादेशमा एउटा विवाहको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ ।
घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् । तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङले भेटेको थियो । प्रत्यक्षदर्शीका अनुसार एकैपटक थुपैं चट्याङ खसेको थियो । बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ । सन् २०१६ को मे महिनामा बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो । उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको थियो । विज्ञहरुले पछिल्ला वर्षमा चट्याङको घटना बढ्दै जानुमा वन विनाशलाई मूख्य कारण मानेका छन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV