२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौं बामदेव गौतमको प्रस्ताव

२४ श्रावण २०७८, आईतवार १९:२७

२४ साउन २०७८,काठमाण्डौं

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको आइतबारको बैठकमा गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया शुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गर्नुपर्ने बताउनुभएको हो । सबै भूमिहीनलाई जनही पाँच÷पाँच कट्ठा पनि जमिन दिन नसकिने भएकाले जमिन नहुनेलाई रोजगारी दिएर समृद्धितर्फको यात्रा प्रारम्भ गर्न सकिने सुझाउनुभयो । विसं २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना सफल नभएकाले यो बाटो वैज्ञानिक नभएको तर्क राख्नुभयो ।
बैठकमा काँग्रेसका अनिता देवकोटाले कोभिड सङ्क्रमणबाट प्रभावित शैक्षिकसत्रलाई स्वास्थ्य मापदण्डको पालना गरेर नियमित गराउन माग गर्नुभयो । उहाँले कक्षा ११ र १२ सञ्चालन हुने विद्यालयका लागि शिक्षक दरबन्दीको व्यवस्था गर्न पनि ध्यानाकर्षण गराउनुभयो ।
नेकपा (माओवादी केन्द्र) का महेशकुमार महराले सशस्त्र जनयुद्ध र आन्दोलनका क्रममा विस्थापन भएका शिक्षकलाई जाँचबुझ समितिको सुझावका आधारमा पुनःस्थापना गर्न माग गर्नुभयो ।
त्यस्तै राष्ट्रियसभा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र सरकार संसद्प्रति जवाफदेही बन्न आग्रह गर्नुभयो ।
बैठकमा सुरक्षण मुद्रण सम्बन्धी बिधयेक पेश गरिएको थियो । त्यस्तै लोकसेवा आयोग बिधेयक २०७५ माथि बिचार गरियोस भन्ने प्रस्ताव पनि बैठकले पारित गरेको छ । बैठकले बिधुत बिधेयक २०७७ माथि बिचार गरियोस भन्ने प्रस्ताव पनि पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक साउन २६ गते मंगलबार बोलाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV