२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

च्याम्पियन्स लिगको नयाँ सिजन अन्तर्गतका आठ खेल मंगलबारबाट सुरु

२९ भाद्र २०७८, मंगलवार २०:४६

भाद्र २८,काठमाण्डौं


युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजन अन्तर्गतका समुह चरणका बिभिन्न आठ खेल आज मंगलबारबाट सुरु हुँदैछ ।
आज राति साविक विजेता चेल्सी, बार्सिलोना, बायर्न म्युनिख, युभेन्ट्स, म्यानचेस्टर युनाईटेड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् । साविक विजेता चेल्सीले घरेलु मैदानमा जेनिथ सेन्ट पिटर्सवर्गसँग खेल्नेछ । समूह एचमा रहेको चेल्सी र जेनिथबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । यसै समूहको अर्को खेलमा युभेन्ट्सले स्विडेनको माल्मोसँग खेल्नेछ। दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । बार्सिलोनाले घरेलु मैदानमा बायर्न म्युनिखसँग खेल्नेछ । समूह ई मा रहेको दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । यसै समूहको अर्को खेलमा बेन्फिका र डेनामो किएभबीच प्रतिस्पर्धा हुनेछ । म्यानचेस्टर युनाईटेडले स्विस क्लब योङ ब्वाइजसँग उसैको मैदानमा खेल्नेछ। समूह एफमा रहेको युनाईटेड र योङबीचको खेल राति १०ः३० बजे सुरु हुनेछ । यसै समूहको अर्को खेलमा एट्लान्टाले भिल्ला रियलसँग खेल्नेछ। दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । यस्तै समूह जी अन्तर्गतको खेलमा सेभियाले साल्जवर्ग तथा लिलले उल्फवर्गविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV