२०८१ माघ २८, सोमवार

   2025, Feb 10 Monday

चुनावमा जान सरकारकै नियम बाधक:प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस

१७ असार २०७८, बिहीबार १९:०४

१७ असार २०७८,

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चुनावमा जान सरकारकै नियम बाधक रहेको जनाएको छ ।
बिहीबारबाट सुरु भएको राष्ट्रियसभाको अधिवेशनमा कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले निषेधाज्ञा गरेर चुनाव गराउन खोज्नु गलत भएको बताउनुभएको हो । उहाले कोभिड कालमा सरकार चुनाव गर्न कस्सिएको भए पनि परिस्थिति अनुकुल नभएको जिकिर गर्नुभयो । अधिकारीले सिडियो मार्फत सरकार चलाइएको आरोप समेत लगाउनुभयो । प्रधानमन्त्रीले संघीय संसदमाथि विश्वास नगर्दा ५ जनाको सरकार चलाउनुपर्ने बाध्यमता आएको अधिकारीको आरोप छ । उहाले प्रधानमन्त्री केपी ओलीले मुलुकमा अध्यादेश राज चलाउन खोजेको भन्दै शोभनिय नभएको जिकिर गर्नुभयो ।
त्यस्तै राष्ट्रिय सभाका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले प्रधामन्त्री र राष्ट्रपतिले एकलौटी अधिकार प्रयोग गरेको आरोप लगाउनुभयो । आफ्ना गुटका मानिसलाई मात्रै अघि बढाउने परम्पराले राष्ट्रिय संकट आएको उहाको भनाई छ । उहाले ओलीभित्रको दम्भ र घमण्डले देशलाई भड्कालोमा पुराएको बताउनुभयो ।
त्यस्तै राष्ट्रिय सभाकी सदस्य प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर विश्व रेकर्ड बनाएको आरोप लगाउनुभयो । त्यस्तै सत्तारुढ एमालेका सांसद सुमनराज प्याकुरेलले राजनीतिक समस्याको निकास अदालतबाट हुन नसक्ने जिकिर गर्नुभयो । बैठकमा बिभिन्न अध्यादेश पेश भएको थियो । सो क्रममा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नागरिकता अध्यादेश सदनमा पेश गर्न लागिएको भन्दै माओवादी सांसद रामनारायण विडारीले नियमापत्ति गर्नुभएको थियो । जवाफमा अध्यक्ष तिमल्सिनाले सदन शुरू भएको पहिलो पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्ने संवैधानिक दायित्व रहेको बताउनुभएको थियो ।
त्यसपछि मन्त्री बसन्त नेम्वाङले अध्यादेश पेश गर्नुभएको थियो । त्यसअघि बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाइएको थियो । राष्ट्रियसभाको अर्को बैठक असार २० गते आइतबार बोलाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV