चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी खोप लगायो
२९ जेष्ठ २०७८, शनिबार १०:१५
२८ जेष्ठ २०७८, शनिबार
चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूले लगभग १५० वटा मुलुकमा बेग्लाबेग्लै रूपमा कोभिड–१९ भाइरसविरुद्ध चिनियाँ खोप लगाएको जनाइएको छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ खोप लगाउने परियोजनाप्रति विदेशस्थित चिनियाँबाट सरकारप्रति कृतज्ञता प्रकट गरेको दावी गर्नुभयो । प्रवक्ता वाङका अनुसार मार्च ७ तारिख चिनियाँ राज्य परिषद्का सदस्य एवम् चीनका परराष्ट्र मन्त्री वाङ यीले उक्त चिनियाँ खोप परियोजनाबाट सार्वजनिक गरेका थिए । यस बाहेक चीन सरकारले चीनमा बसेका विदेशीहरुको स्वास्थ्यलाई उच्च ध्यान दिएर उमेर मापदण्ड पूरा गरेका विदेशीहरूलाई चिनियाँ खोप लगाउने योजना बनाएको छ भने हालसम्म चीनमा रहेका दुई लाखभन्दा बढी विदेशीहरुले चिनियाँ खोप लगाएका छन् ।