चरम खाद्य संकटमा फसको उत्तर कोरिया अमेरिकासँग नरम
४ असार २०७८, शुक्रबार २२:२३
४ असार २०७८ शुत्रबार
चरम खाद्य संकटमा फसेको उत्तर कोरयिाले अमेरिकासँग वार्ता र संघर्ष दुबै रणनीति अपनाउने जनाएको छ ।
उत्तर कोरयिाली नेता किम जोङ उनले अमेरिकासँग अझै बढी संघर्षका लागी तयार हुनुपर्ने बताउनुभएको छ । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपती जो बाइडेनले प्रशासन सम्हालेपछी पहिलोपटक प्रतक्रिया दिदै नेता किमले अमेरिकासँग वार्ता र संघर्ष दुबैका लागितयार रहनुपर्ने बताउनुभएको हो ।आफ्नो वकर्स पार्टीको केन्द्रीय कमिटी बैठकमा किमले देशको गौरवको रक्षा र स्वतन्त्रका लागि तयारी अवस्थामा रहने बताउनुभएको उल्लेख गरएिको छ । मुलुकमा शान्तिपूर्ण वातावरण र सुरक्षा प्रत्याभूतकिा लागी अमेरकिासँग वार्ता र संघर्ष दुबैका तयार रहनुपर्ने उहाँको भनाइ थियो ।देशमा खाद्य संकट चरम भएपछी नेता किम अमेरिकासँग सम्बन्ध सुधार्न तयार देखनिुभएको हो । परमाणु कार्यक्रमका कारण लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध र कोरोना भाइरस नियन्त्रणका लागि नाका बन्द गर्दा उत्तर कोरीया नराम्ररी खाद्य संकटमाफसेको छ ।