गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदै
३ मंसिर २०७८, शुक्रबार ११:३४

३ मंसिर २०७८, शुक्रवार, काठमाडौं
शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको आज जन्मजयन्ती परेको छ। प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ ।
गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो। शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गुरु नानकले गर्नु भएको थियो । उहाँले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्नु भएको थियो । काठमाडौंमा गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनाका साथै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक जन्मजयन्ती मनाइदैछ ।