२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

गिट्टी बालुवा उत्खनन गरेर ब्यापार घाटा पुरा गर्ने नीति को प्रदेश दुईका मुख्यमन्त्रीद्धारा आलोचना

२१ जेष्ठ २०७८, शुक्रबार १०:४४

२१ जेठ २०७८,शुत्रबार

प्रदेश दुईका मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले संघीय सरकारले बजेटमार्फत गिट्टी बालुवा उत्खनन गरेर ब्यापार घाटा पुरा गर्ने नीति लिएकोमा त्यसको आलोचना गरेकाछन् ।
संघीय सरकारले हालै अध्यादेश मार्फत प्रस्तुत गरेको आर्थिक बर्ष २०७८÷७९ को बजेट वक्तब्यको बुँदा नंवर १९९ मा उल्लेखित बिषयमाथी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमार्फत जनाएकाछन् । मुख्यमन्त्री राउतले, ‘प्रदेश नम्बर २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड यस प्रदेशको रक्षा कबजका रूपमा रहेको छ । यस प्रदेशका जनता प्रतिवर्ष बाढी पहिरो, पानीको समस्या तथा कृषि उपजको समेत समस्याबाट प्रताडित हुँदै आएका छन् । चुरे क्षेत्रको माटो एकदम कमजोर छ। कमजोर भू–बनोटका कारण यहाँको ढुङ्गा–गिट्टी निकालियो भने नदीको बहाव तीव्र हुने र तीव्र बहावले बगाएर ल्याउने बालुवा मदेसमा थुप्रिँदै जाने निश्चित प्रायः नै छ।’ विज्ञप्तीमा उल्लेख गरेकाछन् ।
राउतले, संघीय सरकारलाई बजेटको यो प्रावधान तत्काल सच्याउन र नसच्याए तराई मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने चेतावनी समेत दिएकाछन् ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV