२०७७ मंसिर १३, शनिबार

   2020, Nov 28 Saturday

गण्डकी प्रदेशका मुख्य मन्त्रीले मागे २ अर्ब ५६ करोड

प्रकाशित मिति: १४ कार्तिक २०७७, शुक्रबार १५:१८

कार्तिक १४ काठमाण्डौं । गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज संघ सरकारका अर्थमन्त्री माननीय विष्णु पौडेललाई भेटेर प्रदेशका विभिन्न आयोजना तथा योजनाहरूमा बजेट निकासका लागि अनुरोध गर्नु गरेका छन ।
संघ सरकारले स सर्त अनुदानको सर्तसहित हाम्रो प्रदेशलाई हस्तान्तरण गरेका आयोजनाहरूका लागि बजेट भने नआएको हुँदा यो अनुरोध गर्नु परेको हो ।
संघले गण्डकीलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि २ अर्ब ८६ करोड रुपैयाँ बजेट आवश्यक छ रहेको बताउदै मुख्यमन्त्री गुरूङले उक्त रकम माग गरेका हुन। त्यस्तै आधारभूत खानेपानीका वर्षौं पुराना योजनाका लागि १ अर्ब ५ करोड, विशेष खानेपानी आयोजना ४३ वटाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ को अर्थमन्त्री समक्ष भेटेरै माग गरीएको जनाइएको छ । ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV