गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई सुझावसहित विश्वप्रकाश शर्माले दिए बधाई र शुभकामना
१ असार २०७८, मंगलवार १४:३०
असार १ २०७८, मंगलबार
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई सुझावसहित बधाई र शुभकामना दिनुभएको छ ।
प्रवक्ता शर्माले आज ट्विट गर्दै संक्षिप्त सुझाव पत्र सहित शुभकामना दिनुभएको हो । नेपाली मुख्यमन्त्री भएको चार दिन पछि दिइएको शुभकामनामा कुनै पनि कुरा बोल्दा देखि काम गर्दासम्म शंवेदशिल हुन सुझाव दिइएको छ । शर्माले वर्तमान राजनीतिक अवस्था उतारचढापमा रहेकाले खुलेर काम गरेपनि कुनै पनि काम गर्दा वा निर्णय लिँदा उत्पन्न हुन सक्ने परिस्थिति बारे पहिले नै आकलन गर्न सुझाउनु भएको छ । उहाँले राम्रो सावित हुन धेरै राम्रो काम गर्नु पर्ने तर्फ ध्यानाकर्षण गराउँदै एउटा सानो कमजोरीले राजनीतिक छविलाई नै धमिल्याउन सक्ने भएकाले तर्फ समेत सचेत गराउनुभएको छ ।