२०८१ कार्तिक २९, बिहिबार

   2024, Nov 14 Thursday

खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततामाथी छानबिन गर्ने

२५ श्रावण २०७८, सोमबार ०८:००

२५ श्रावण २०७८, काठमाण्डौं

सरकारले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री खरिदमा गत केपी ओली नेतृत्वको सरकारका समयमा भएको अनियमिततामाथी छानविन गर्ने भएको छ ।
सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै कांग्रेस महामन्त्री समेत रहेका कार्यदल संयोजक पूर्णबहादुर खड्काले कोरोनाकालमा भएका अनियमितताबारे छानबिन गर्ने बताएका हुन् । नेपालमा कोरोनाम संक्रमणले माहामारी लिए लगत्तै त्यसको रोकथाम र नियन्त्रणका लागि भन्दै तत्कालिन ओली सरकारका पालामा हचुवामा गरिएको स्वास्थ्य सामाग्र िखरिद प्रकरणमा वर्तमान सरकारले छानविन गर्ने बताईएको छ । यो प्रकरणमा तत्कालिन रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वासथ्यमन्त्री भानुभक्त ढकालको संलग्नता रहेको चर्चामा आएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV