२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

क्रियाशिल सदस्यता विवाद मिलाउने तर्फ संस्थापन पक्ष अनुद्दार रहेका पौडेलको पक्ष आरोप

२१ श्रावण २०७८, बिहीबार १०:१७


२१ साउन २०७८


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्नेमा जोड दिएको छ ।
बुधबार क्रियाशील सदस्यताको विवाद मिलाउन बसेको शीर्ष तहको बैठकमा पौडेल पक्षले १३ औं महाधिवेशनका प्रतिनिधि सहभागी हुने गरी विशेष महाधिवेशनमार्फत पार्टीको वैधनिकता जोगाउनुपर्नेमा जोड दिएको हो । क्रियाशील सदस्यता विवादका कारण पूर्वनिर्धारित १४ औँ महाधिवेशनको तालिका प्रभावित बनेपछि पौडेल पक्षले यस्तो प्रस्ताव अगाडि सारेको हो । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले भने उक्त प्रस्तावलाई ठाडै अस्वीकार गनुएभएको छ । साथै आगामी भदौ १६ देखि १९ गते नै केन्द्रीय महाधिवेशन गराउने प्रतिवद्धता जनाउनुभएको छ । वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यताको विवाद मिलाउन गम्भीर बन्न सभापति देउवालाई सुझाव दिनुभएकोे थियो । अन्य पार्टीबाट आएकाहरूलाई समायोजन गर्ने नाममा महाधिवेशन नै प्रभावित हुने गरी सदस्यता बाड्न नहुनेमा उहाँको जोड छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV