२०७७ कार्तिक ५, बुधबार

   2020, Oct 21 Wednesday

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

प्रकाशित मिति: २६ भाद्र २०७७, शुक्रबार २१:२३

काठमाडौं, २६ भदौ ( नेपालमा आज थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार मोरंगकी ४० वर्षीय महिला, महोत्तरीका ६५ वर्षीय एक पुरुष, धनुषाका ४५ वर्षीय एक पुरुष, काठमाडौँका ७० वर्षीय एक पुरुष र नवलपरासीका ५५ वर्षीय एक पुरुषको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV