२०७८ अशोज ६, बुधबार

   2021, Sep 22 Wednesday

कोरोना विरुद्ध धनी मुलुकहरु एक जुट, गरिब राष्ट्रलाई एक सय करोड खोप उपलब्ध गराउने

२९ जेष्ठ २०७८, शनिबार १०:०८

२८ जेष्ठ २०७८, शनिबार


विश्वका धनी मुलुकहरुले कोरोना भाइरसविरुद्ध गरीब देशहरुलाई एक सय करोड मात्रा खोप दान दिने भएका छन् ।
ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले धनी मुलुकहरुको संगठन जी सेभेनमा आवद्ध देशहरु कोरोनाविरुद्ध खोपको एक सय करोड डोज दान दिन सहमत हुने विश्वास व्यक्त गर्नुभएको हो । जी सेभेनको बैठक शुरु हुनुपूर्व जोन्सनले सन् २०२२ को अन्त्यसम्ममा संसारका सबै जनसंख्यालाई खोप उपलब्ध गराउने संकल्प जी सेभेन राष्ट्रका नेताहरुले गर्नुपर्ने प्रष्ट गर्नुभयो । बेलायतले भने दश करोड डोज दान दिने उहाँले बताउनुभयो । यसअघि, अमेरिकी राष्ट्रपति जो बाइडनले कोरोना महामारीविरुद्धको यस युद्धमा अमेरिका एक्लैले ५० करोड मात्रा खोप उपलब्ध गराउने बताइसक्नुभएको थियो । यस महामारीलाई हराउन संसारका धनी र शक्तिसम्पन्न मुलुकहरु अगाडी आउनुपर्ने बाइडनको भनाइ थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV