२०८२ असार २४, मङ्लबार

   2025, Jul 8 Tuesday

कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न काँग्रेसको माग

८ असार २०७८, मंगलवार २२:०४

८ असार, काठमाडौं

नेपाली काँग्रेसको कोभिड १९ अनुगमन समितिले सवै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
समिति संयोजक तथा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मंगलवार सर्वोच्चको आदेशबाट पदमुक्त स्वास्थ्य मन्त्री शेर बहादुर तामाङसंग छलफल गर्दै कोरोनाको तेश्रो चरणको महामारीको जोखिम बढेकाले छिटो भन्दा छिटो खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएको हो । महतले सरकारलाई प्राप्त भएको स्वास्थ्य सामाग्रीको पनि दुरुपयोग भएको बताउनुभयो ।
छलफलका क्रममा पदमुक्त मन्त्री तामाङले खोप आउने आश्वासन दिएपनि कहिले आउने भन्ने बारेमा ठोस जवाफ दिन नसकेको महतले जानकारी दिनुभयो । 

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV