कोभिसिल्ड खोपको पहिलो डोज लगायका नागरिकहरुले दास्रो डोज लगाए
२५ श्रावण २०७८, सोमबार १६:५१

२५ साउन २०७८, काठमाण्डौं
कोभिसिल्ड खोपको पहिलो डोज लगायका नागरिकहरुले दास्रो डोज लगाएका छन् ।
कोरोना विरुद्धको दोस्रो डोज खोप कुरिरहेका ज्येष्ठ नागरिकहरुले पाँच महिनापछि सोमबारदेखि दोस्रो डोज पाएका हुन । गत वर्षको माघबाटै सरकारले खोप कार्यक्रम सञ्चालन गरिहेकाले कोभिसिल्डको सट्टा अस्ट्राजेनिका खोप लगाएको शिक्षण अस्पताल महाराजगन्जका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिनुभयो । उहाले गत फागुन अन्तिममा कोभिसिल्डको पहिलो मात्रा लगाएकाले १२ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने भए पनि खोप नआएका कारण लगाउन नमिलेको बताउनुभयो । अधिकारीले भारतले पैसा लिएर पनि १० लाख डोज कोभिशिल्ड खोप नदिएपछि सरकारले विकल्पका रुपमा अस्ट्राजेनिका खोप दिन सुरु गरेको बताउनुभयो ।
भूटान र जापानबाट १० लाख बढी अस्ट्राजेनिका खोप सहयोग गरेपछि ढिलै भए पनि आफूले पूर्ण खोप प्राप्त गरेका कारण खुशी लागेको ज्येष्ठ नागरिक तीर्थराज खरेलले बताउनुभयो ।
कोरोनाको विरुद्धको दोस्रो डोज खोप लगाउँदा आफूहरुलाई खुशी लागेको खोप लगाउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ग पुगेका नागरिहरुको भनाई थियो ।