केपि ओलीले जनताको रगतमा होली खेले : जगदीश नरसिंह के.सी.
प्रकाशित मिति: १३ पुष २०७७, सोमबार १३:०५

काठमाण्डौ , १३ पौष ।नेकपाको नेतृत्व गरेका प्र.म.के.पी.ओलीले नेपालको संविधान र लोकतन्त्रीक पद्धति प्रति प्रहार गरेका छन् ।बिना कारण,गैरसंवैधानिक ढंगबाट जननिर्वाचित संसद बिगठन गरि मध्यावधि निर्वाचन घोषणा गरिएको छ। यसका साथै चरम भ्रष्टाचार र संसद छलेर पटक पटक अध्यादेश मार्फ़त कानुन निर्माण गर्ने दुष्प्रयास गर्ने,संवैधानिक परिषदको ऐन संशोधन गरेर सैवैधानिक नियुक्तिहरुमा मनोमानी गर्ने प्रयास गर्नु जस्ता कार्यहरु गर्नु ग़ैरलोकतान्त्रिक चरित्र हो ।यतिमात्र होईन संसद बिगठन गरिसके पछि पनि मंन्त्रीमण्डल विस्तार गर्ने जस्ता निन्दनिय कार्य समेत गर्दैछन् ।यस प्रकारको ग़ैर लोकतान्त्रिक चरित्र नेपाली काग्रेसलाई कदापि मान्य हुने छैन भन्दै ।
नेपाली काग्रेसको केन्द्रीय समितिको निर्णय अनुसार १६५ निर्वाचन क्षेत्रमा बिरोध सभा आयोजना भएको हो । यसै गरि नेपाली कांग्रेस नुवाकोट जिल्ला क्षेत्र नं१ को आयोजनामा लिखु गाउँ पालिका वडानं ४ चौघडा मा र क्षेत्र नं २ को आयोजनामा विदुरमा आज बिरोध सभाको आयोजना गरेको हो , साथै नुवाकोट कै क्षेत्र न.२ मा संचालित बिरोध सभामा नुवाकोट कांग्रेसका जिल्ला अध्यक्ष जगदीशनरसिंह केसीले नेपालको संबिधानको कुनै पनि धाराले संसद बिगठन गर्ने परीकल्पना नगरेकोले यो सरासर असंवैधानीक रहेको वताए , आर्फ\नो दलको किचलो को कारण देशलाइ अनाबाश्यक आर्थिक भार पर्ने गरी निर्बाचन धोषणा गर्न नपाउने भन्दै नुवाकोटका जनतालाइ सधै खबरदारीको लागी तयार रहन आग्रह समेत आह्वान गरेका छन ।