२०७८ अशोज ७, बिहिबार

   2021, Sep 23 Thursday

कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुदैं

२९ जेष्ठ २०७८, शनिबार १५:२८

२९ जेष्ठ २०७८, शनिबार


कर्णाली प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गरिने भएको छ ।
प्रमुख गोविन्दप्रसाद कलौनीले आज दिउँसो प्रदेश सभामा प्रदेश नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ । सरकारले ल्याएको प्रि– बजेट माथिको छलफल पश्चात आज नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण लाई सुदृढ पार्दै स्वास्थ्य क्षेत्र केन्द्रित र कर्णालीको गरिवीलाई न्युनिकरण गर्न आधार सृजना गरिने खालको नीति तथा कार्यक्रम ल्याउन लागिएको कर्णाली सरकारको भनाई छ । वर्तमान अवस्थामा सृजित कोरोनालाई नियन्त्रण गर्नु प्रमुख दायित्व भएकाले यसलाई प्राथमिकतामा राखिएको बताइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV